१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकामा इलेक्टोरल कलेजले सोमबार राष्ट्रपति/उपराष्ट्रपति चुन्दै


0
Shares

us election electoral college will cast vote

एजेन्सी, मंसिर २९ । अमेरिकामा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सोमबार इलेक्टोरल कलेजले नयाँ राष्ट्रपति/उपराष्ट्रपति चुन्न मतदान गर्दैछन् ।

इलेक्टोरल कलेजका ५३८ सदस्यको मतदानसँगै राष्ट्रपति चुनावमा जो बाइडनको जीत सुनिश्चित गर्ने एक महत्वपूर्ण कदम हुने एबीसी न्यूजले जनाएको छ ।

Total electoral college of 2020 election

हुनत, यो मतदान एक औपचारिकता मात्रै हो । जो बाइडन र कमला ह्यारिस राष्ट्रपति/उपराष्ट्रपतिमा निर्वाचित भइसक्नु भएको छ । तर जुन राज्यबाट जुन पार्टीको इलेक्टोरल कलेज चुनिन्छन्, उनीहरुले आफ्नो दलका राष्ट्रपतिलाई मत दिने परम्परा अमेरिकामा रहेको छ ।

इलेक्टोरल कलेजको निर्णयसँगै २० जनवरीमा सत्ता हस्तान्तरणका लागि गरिने औपचारिक कार्यक्रमका लागि सबै बाटा खुल्नेछन् । ३ नोभेम्बरमा सम्पन्न निर्वाचन परिणाम अनुसार बाइडनका पक्षमा ३०६ र ट्रम्पका पक्षमा २३२ इलेक्टोरल कलेज छन् । निर्वाचन जित्न २७० मत आवश्यक पर्दछ ।

देशभरको निर्वाचन परिणामले पराजीत हुँदा पनि हार अस्वीकार गरिरहनुभएका वहालवाला राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले इलेक्टोरल कलेजले बाइडनलाई मत दिएमा आफूले निर्णय स्वीकार्ने बताउनुभएकाले यसलाई पनि महत्वपूर्ण मानिएको छ ।

पराजय स्वीकार्न नसकेर आफू पराजित भएका राज्यहरुमा मुद्दा हाल्ने, परिणाम प्रमाणित गर्नै नदिने जस्ता हर्कत गर्नुभएका ट्रम्पले इलेक्टोरल कलेजका सदस्यमा पनि षड्यन्त्र गर्न सकिन्छ कि भनेर यस्तो बोलेको हुनसक्ने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आफ्नै प्रशासनले सम्पन्न गराएको निर्वाचनलाई नै बिना प्रमाण धाँधली गरेर आफूलाई हराएको आरोप बारम्बार लगाइरहनुभएका ट्रम्पले सर्वोच्च अदालतसम्म गुहारे पनि न्यायमूर्तिहरुले उहाँको अपीललाई खारेज गर्दिएपछि उहाँ न्यायाधीशहरुकै आलोचना उत्रिसक्नुभएको छ ।