२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


न्युयोर्कमा इन्डोर डाइनिङ बन्द गरिने


0
Shares

न्युयोर्क, मंसिर २९ । सोमबारदेखि लागु हुने गरि न्युयोर्क सिटीमा इन्डोर डाइनिङ बन्द गरिने भएको छ ।

कम्तिमा दुई साताका लागि न्युयोर्क सिटीका रेष्टुरेण्टभित्र खाना खानमा रोक लगाइएको हो ।

न्युयोर्कका गभर्नर एन्ड्रुग कुमोले सोमबारदेखि न्युयोर्क सिटीमा रेष्टुरेण्टभित्र खाना खानमा प्रतिबन्धको घोषणा गर्नु भएको हो ।

न्युयोर्क शहरमा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेको संख्यामा स्थिरता नआएपछि यस्तो घोषणा गरिएको हो ।

अहिलेसम्म रेष्टुरेण्टभित्र २५ प्रतिशत क्षमतामा खान खान पाइने नियम भए पनि संक्रमणबाट बिरामी भई अस्पताल भर्ना हुनेहरुको संख्या बढेकाले पूर्णरुपमा बन्द गर्ने योजना बनाइएको हो ।

न्युयोर्कमा चिसो बढि सकेकाले आउटडोर डाइनिङ सहज नभएको अवस्थामा उक्त नियम लागु भएमा रेष्टुरेण्टहरुले टेकआउट र डेलीभरी मात्र गर्न सक्नेछन् ।

त्यस्तै न्युयोर्क सिटी बाहिर पनि इन्डोर डाइनिङ ५० प्रतिशत क्षमताबाट २५ प्रतिशतमा झारिने भएको छ ।

सीडीसीले जिम र शैलुनका सन्दर्भमा उस्तै निर्देशिका नबनाएकाले जिम र शैलुन भने बन्द नहुने जनाइएको छ ।

संघीय सरकारले बार, रेष्टुरेण्टलगायतका विजनेसलाई सहयोगका लागि राहत प्याकेजहरु ल्याउनुपर्ने कुमोको भनाइ छ ।