१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घुस लिएको अभियोगमा मालपोत कार्यालय भरतपुरका कर्मचारी विरुद्ध मुद्दा दायर


0
Shares

काठमाडौं, मंसिर २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार विभिन्न फाँटबाट नगदी रसिद काटी सङ्कलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उनीहरुविरुद्ध सोमबार मुद्दा दायर गरिएको हो ।

आयोगले नायबसुब्बा मनोजकुमार निरौलाविरुद्ध रु. चार लाख ७१ हजार ६१३ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

यस्तै लेखा अधिकृत रिठ्ठे दर्जीविरुद्ध रु. सात करोड आठ लाख १७ हजार ३७ र लेखापाल बलराम सापकोटाविरुद्ध रु. ५८ लाख ४३ हजार ८०६ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।