२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सांग्रिला क्रिकेट क्लब बन्यो नयाँ च्याम्पियन


0
Shares

पोखरा, मंसिर २९ । माछापुच्छे क्रिकेट क्लबलाई २८ रनले पराजित गर्दै सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला क्लबस्तरीय छनोट प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ ।

विपिन खत्रीले पुरै १० ओभरमा दुई मेडन राख्दै ४ विकेट लिएपछि माछापुच्छ«े क्रिकेट क्लब १ सय २१ रनमा समेटिएको थियो ।

माछापुच्छेका भरपर्दा व्याट्सम्यान कप्तान दिपेश खत्री र अभिषेक थापा सस्तैमा पभेलियन फर्किएपछि जितबाट टाढिएको थियो ।

सांग्रिलाका कप्तान विपिनले खत्री र थापाको विकेट लिएपछि माछापुच्छे दबावमा परेको थियो ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा दिपेश खत्री, विकास क्षत्री, अभिषेक थापा, विपिन खत्री, सुवास भण्डारी, नितेश गिरी र विपिन खत्री म्यान अफ दि म्याचको हकदार भए ।

बेष्ट व्याट्सम्यानको रुपमा अभिषेक थापा घोषित हुदाँ बलरबाट अमृत गुरुङ घोषित भएका थिए ।

यस्तै उदीयमान खेलाडी अभिषेक थापा भए भने म्यान अफ दि सिरिजको पुरस्कार विपिन खत्रीले प्राप्त गरे ।