७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा चिसो


0
Shares

काठमाडौं, मंसिर ३० । काठमाडौंमा मंगलबार (आज) यस वर्षकै चिसो भएको छ ।

मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

सोमबार काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो ।

तत्काल मौसम बद्ली भएर बादल लाग्ने सम्भावना नरहेकाले न्यूनतम तापक्रम घट्न सक्ने मौसमविद्ले बताएका छन् ।

मंगलबार काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ ।

बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने हुँदा दिउँसोको समयमा भने तातो न्यानो हुनेछ ।

मंगलबार काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रको मौसम सफा रहने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रको मौसम मंगलबार सफा रहे पनि तराइका क्षेत्रमा भने हुस्सु र कुहिरो लागेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

प्रदेश १ र २ मा आज दिनभरि नै हुस्सु कुहिरो लाग्ने सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने दिउँसो पनि हुस्सु हट्ने अनुमान छ ।