
काठमाडौं, मंसिर ३० । पूर्व पश्चिम राजमार्गमा स्थित दाङको राप्ती गाउँपालिका बिजौरीमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकले लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी ठक्कर खाँदा राप्ती गाउँपालिका वडा नं. ७ का २७ वर्षका अनिल चौधरीको मृत्यु भएको हो ।
स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारको लागी लमही ल्याउदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्