१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उखु किसानको मागमा कांग्रेसको समर्थन, माफिया भन्ने मन्त्रीलाई कार्वाही गर्न माग


0
Shares

congress support to sugarcane farmer's protest

काठमडौं, मंसिर ३० । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै किसानलाई माफिया भन्ने मन्त्रीलाई कार्वाही गर्न माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उखु किसानहरुले प्रदर्शन गरिरहेको स्थल माइतीघर मण्डलमै पुगेर उनीहरुको मागमा समर्थन गर्नुभएको हो । प्रवक्ता शर्मा किसानको आन्दोलनमा सहभागी भइ केहीबेर सँगै धर्नामा समेत बस्नुभएको थियो ।

सरकारलाई गतवर्ष किसानसँग गरेको सम्झौता किन पूरा नगरेको भन्दै शर्माले भन्नुभयो, ‘गतवर्ष चिसो भुइँमा आएर किसान बसेपछि सरकारले सम्झौता गर्‍यो । सम्झौता गर्ने सरकार छ कि छैन ।’

किसानको माग पूरा नगरे सरकारलाई अफ्ठ्यारो पर्ने चेतावनी दिँदै शर्माले भन्नुभयो, ‘यो अवस्था लम्बिए सरकारलाई अप्ठेरो पर्छ । प्रधानमन्त्रीलाई पनि प्रश्न छ–यिनीहरू माफिया हुन् भन्ने मन्त्रीको भनाइ यो सरकारको भनाइ हो कि होइन । सरकारको जवाफ होइन भने मन्त्रीलाई कारवाही गर्ने कि नगर्ने ?’