
काठमाडौं, पुष १ । संघीय संसदको विशेष अधिवेशन माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
नेकपा स्थायी समिति सदस्य भीम रावल, पम्फा भुषाललगायतका नेता विशेष अधिवेशन माग गरिएको लिखित प्रस्ताव लिएर आज दिउँसो शीतल निवास पुग्नुभएको हो ।
उहाँहरु विशेष अधिवेशन मागको निवेदन र सांसदहरुको हस्ताक्षरसहित शितल निवास जानु भएको हो ।
निवदेन पत्रमा संविधानको धारा ९३ अनुसार संसदको कुल संख्याको एक चौथाई सदस्यको हस्ताक्षर एकत्रित गरी राष्ट्रपतिसमक्ष पत्र बुझाउने तयारी गरिएको थियो । अहिले ८० भन्दा बढी सांसदले हस्ताक्षर गरेको जनाइएको छ ।
तर राष्ट्रपति कार्यालयले विशेष अधिवेशन माग गरिएको सो पत्र दर्ता नगरेको बताइएको छ ।
प्रधानमन्त्री केपी ओलीले मंगलबार संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश पार्टीमा छलफल बिनै ल्याएपछि नेकपामा विवाद चर्किएको छ ।
अध्यादेश फिर्ताको माग भैरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल पक्षका सांसदहरु विशेष अधिवेशनको मागका लागि शीतल निवास पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्