१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हराएका २१ वटा मोटरसाइकल ट्राफिकले बुझायो सम्वन्धित व्यक्तिलाई


0
Shares

काठमाडौं, पुस १ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २१ वटा मोटरसाइकल बुधबार सम्बन्धित सवारी धनीलाई बुझाएको छ ।

गत साउनदेखि मंसिरमसान्तसम्म हराएका मध्ये ६३ वटा मोटरसाइकल फेलापारी सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराइले बताउनुभयो ।

महाशाखाले १५ जना मोटरसाइकल चोरलाई कारवाही समेत गरेको जनाएको छ ।

महाशाखामा आयोजित कार्यक्रममा आर्थिक शुद्धिकरण अभियान अन्तरगत इमान्दारीपूर्वक साथ आफ्नो कर्तब्य पूरा गर्ने विभिन्न दर्जाका २१ जना प्रहरी कर्मचारीलाइ सम्मान गरिएको थियो ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भट्टराईले सवारी दुर्घटना कमी हुनुमा आर्थिक शुद्धिकरणले ठूलो भुमिका खेल्ने बताउनुभयो ।