
काठमाडौं, पुस १ । नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ ।
हाल देशभर ९ हजार ७५७ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्