१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तत्काल संसद बैठक बोलाउः नेपाली कांग्रेस


0
Shares

congress meeting

काठमाडौं, पुष १ । नेपाली कांग्रेसले तत्काल संघीय संसदको बैठक बोलाउन माग गरेको छ ।

कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीहरुको काठमाडौंमा बसेको बैठकले तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको हो ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको नेताहरुको बैठकले तत्काल संसद बैठक बोलाएर वर्तमानमा देखिएका समस्याहरुको समाधान खोज्नुपर्ने माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

नेताहरुबीच करिब तीन घण्टा छलफलमा भएको शर्माले जानकारी दिनुभयो ।

कांग्रेसले सरकारले जारी गराएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन पनि माग गरेको छ ।

उसल मंसिर २९ गते सरकारविरूद्धको प्रदर्शनमा सहभागि भएका सबैलाई धन्यवाद पनि दिएको छ ।