७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


चन्द समुहका सेती-महाकाली प्रमुख ढकाल पक्राउ


0
Shares

कैलाली, पुस १ । नेकपा नेत्र बिक्रम चन्द समुहका सेती–महाकाली जनसरकार प्रमुख असल शर्मा भनिने गणेश ढकाल कैलालीको लम्किचुहा नगरपालिकाबाट पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय लम्किबाट खटिएको प्रहरी टोलिले आफ्नै घरमा लुकि बसेको सूचनाको आधारमा ढकाललाई पक्राउ गरेको हो ।

प्रहरी आएको थाहा पाउने बित्तिकै भाग्न खोजेका ढकाललाई प्रहरीले लखेटेर पक्राउ गरेको हो ।