
झापा, पुस १ । पूर्वीनाकालाई सहज बनाउनु पर्ने मागसहित चरणवद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटल तथा पर्यटन व्यवसायीहरुले काँकरभिट्टामा बुधबार प्रर्दशन गरेका छन् ।
पटक–पटक नाका खुलाउन माग गर्दै आएका व्यवसायीले यस अघि गरिएको शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गरिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्कीले भारतसँगको नाका खुलाइ जनजीवन सामान्य बनाउन सरकारले वेवास्ता गर्दा व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नु परेको बताउनुभयो ।
काँकरभिट्टा बसपार्क नजिकैबाट निस्केको र्याली काँकरभिट्टा बजार हुँदैं मेची पुल पुगेको थियो ।
व्यवसायीले सडकमा एकघण्टा धर्ना समेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्