
दिपक श्रेष्ठ (इमेज)
काठमाडौं, पुस १ । कोरोना महामारीको बेला यातायात व्यवस्था कार्यालयको सेवा प्रभावित हुँदा नागरिकलाई समस्या भएको छ ।
नयाँ सवारी साधन अनुमति पत्रको काम नहुँदा चालकहरुले सहज रुपमा सवारी साधन चलाउन समेत पाएका छ्रैनन् ।
अझ पछिल्लो समय प्रदेश र केन्द्र सरकारको विवादका कारण पनि यातायातको काममा थप समस्या थपिएको छ ।
कोरोना महामारी सुरु भएपछि गत वर्षको फागुनदेखि बन्द भएको सवारी चालक अनुमति पत्रको परीक्षा पुनः सञ्चालन हुनेबारे अझै अन्योल कायमै रहेको छ ।
लकडाउन सुरु भएको चार महिनापछि केही खुलुलो भए अन्य प्रशासनिक कामहरु भएपनि नयाँ लाइसेन्सका लागि लिइने परीक्षाको भने अझै टुंगो लागेका छैन ।
प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वय नहुँदा यसअघि लाइसेन्स परीक्षामा अलमल भइरहेको छ ।
दुवै पक्षले एक अर्काले सम्न्वय नगर्दा परीक्षा सञ्चालनमा अलमल भइरहेको जनाएका छन् ।
यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग छलफल चलिरहेकाले केही दिनमै परीक्षाको नयाँ मिति तय हुने जनाएको छ ।
लकडाउनका कारण नयाँ अनुमति पत्रका लागि परीक्षा सञ्चालन गर्न नसकेपछि विगतमा बाँकी रहेका काम सम्पन्न गर्न सहज भएको विभागले जनाएको छ ।
यअसघि लामो समयदेखि छपाइ भएपनि वितरण गर्न नसकेका लाइसेन्स वितरण गरेको जनाएको छ ।
सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पालना गर्दै विभाग अन्र्तगतका विभिन्न कार्यालयमार्फत लाइसेन्स वितरण गरिएको छ ।
अझै करिब १ लाख ३५ हजार लाइसेन्स वितरण गर्न बाँकी रहेको विभागले जनाएको छ ।
यस्तै कार्यालयहरुमा अत्याधिक भीड हुने भएकाले टोकन प्रणालीबाट सेवाग्राहीलाई सेवा दिने व्यवस्था मिलाइएको छ ।
विभागले सफ्ट्वेयर प्रणालीबाट लाइसेन्स वितरण विवरण अध्यावधिक गर्ने लगायतका काम गरिरहेको जनाएको छ ।
नयाँ व्यवस्था भएसँगै सेवाग्राहीले समयमै सेवा पाउने यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले जनाएको छ ।
अनुमतिपत्र नवीकरणका लागि हाल दैनिक तीन–चार सय सेवाग्राही कार्यालयहरुमा पुग्ने गरेका छन् ।
लामो समयदेखि अनुमति पत्रको आवेदन नखुलाउँदा सेवाग्राहीलाई समस्या भएको छ ।
त्यसैगरी अनुमतिपत्र बिना सवारी साधान चलाउँदा दुर्घटनाका घटनाहरु पनि बढ्दै गएका छन् ।
यसतर्फ बेलैमा ध्यान दिएर स्वजास्थ्यको मापदण्ड पालना गरी नयाँ अनुमति पत्र लिनका लागि अब ढिलाइ गर्न हुँदैन ।
यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।
भिडियो हेर्नुहोस्
भिडियो : राममान डंगोल
प्रतिक्रिया दिनुहोस्