१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिंहदारबार गेटमा सरकारी कर्मचारीको पोशाकमा छड्के जाँच


0
Shares

काठमाडौं, पुस १ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ ।

सतर्कता केन्द्रले बुधबार सिंहदरबारको दक्षिण गेटमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो ।

सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद अधिकारीले विहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताउनुभयो ।

अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताउनुभयो ।

उहाँले सिंहदरबार भित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोशाक लगाए नलगाएको जाँच गरिएको जानकारी दिनुभयो ।

पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको डीएसपी अधिकारीले बताउनुभयो ।

सरकारी कर्मचारीले पोशाक भत्ताबापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डीएसपी अधिकारीले बताउनुभयो ।

अबदेखि नियमित रुपमा छड्के जाँच गरिने पनि उहाँले बताउनुभयो ।