
मिरा बस्नेत (इमेज)
काठमाडौं, पुस १ । विश्वका धनी राष्ट्रहरुले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाउन सुरु गरेसँगै नेपालमा पनि खोप कहिलेसम्म आईपुग्छ भन्ने चर्चा हुन थालेको छ ।
नेपालमा कोरोना विरुद्धको खोप ल्याउने स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले द्रुत कार्ययोजना पनि पारित गरिसकेको छ ।
तर अरु देशले खोप लगाउन सुरु गरिसक्दा पनि नेपाल भने पर्ख र हेरेको अवस्थामा छ ।
अमेरीकाको फाइजर कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप सर्वसाधारणले लगाउन सुरु भइसकेको छ ।
मंसीर २३ गतेदेखि बेलायतमा अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोप आम मानिसमा लगाउन सुरु भईसकेको छ ।
यस्तै संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरीकाले पनि मंसीर ३० गतेबाट खोप अभियान सुरु गरेको छ ।
उता सवैभन्दा पहिले खोप विकास गरेको रुसमा पनि सर्वसाधारणलाई खोप दिन सुरु गरिसकिएको छ ।
धनी राष्ट्रका नागरिकले कोरोना विरुद्धको खोप लगाइरहँदा नेपालमा कहिले कोरोना विरुद्धको खोप आउने हो भन्ने चासो मानिसमा छ ।
तर नेपालमा कहिलेसम्म आइपुग्छ भन्ने निश्चित छैन ।
खोप आयातको लागि गृहकार्य अगाडी बढाईसकेको दाबी सरकारको छ ।
जस अन्तर्गत सरकारले सहज रूपमा कारोनाविरुद्धको खोप आयात गर्न औषधि अध्यादेश जारी गरि कानुनी बाटो खुला गरिसकेको छ ।
यस्तै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले कोरोना खोपको व्यवस्थापनका लागि द्रुत कार्ययोजना पनि पारित गरेको छ ।
यस्तै खोप उत्पादन मुलुकमा आपूर्तिका लागि कुटनितिक नोट समेत पठाईसकेको छ ।
तर अहिलेसम्म नेपालले कुन खोप आयात गर्ने भन्ने निश्कर्षमा पुग्न सकेको छैन ।
खोपको विश्वव्यापी गठबन्धन गाभीले कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई २० प्रतिशत जनसङख्यालाई खोप उपलब्ध गराउने भएको छ ।
नेपाल सरकारले ५२ प्रतिशतको लागि मात्र खोप किन्नु पर्ने हुन्छ ।
सरकारले बाँकी खोप आयातका आवश्यक पर्ने बजेटको जोहो समेत गरेको छैन ।
कोरोना विरुद्धको खोप आयात गर्न हात फैलाईरहेको सरकारले बजारमा खोप विक्रि वितरण हुने वित्तिकैक नेपाली पाउने दाबी गरेको छ ।
बेलायत , अमेरीका र रुसले खोप अभियान सुरु गरिसक्दा नेपाल भने अनुदानमा खोप प्राप्त गर्न कुटीनितक पहल गरिरहेको छ ।
सररकारको अहिलेसम्मको काम हेर्दा नेपाली जनताले तत्काल कोरोना विरुद्धको खोप लगाउने अवसर प्राप्त गर्लान भन्ने देखिदैन ।
प्रतिक्रिया दिनुहोस्