
बागलुङ, पुस २ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा सधै जस्तो हुने शिकार घटेको छ ।
लकडाउन खुलेसँगै यस वर्षको पहिलो सिजनको शिकार भने भएको छ ।
तर विगतमा झै शिकार खेल्नका लागि शिकारी आएका छैनन् ।
हरेक वर्ष असोज महिनादेखि सुरु हुने पहिलो सिजनमा यस वर्ष एक जना मात्रै शिकारी आएको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।
फागुन महिनादेखि वैशाख पहिलो हप्तासम्म दोस्रो सिजनको शिकारमा पनि शिकारी कम आउने आँगलन गरिएको छ ।
ढोरपाटन शिकार आरक्ष साहसिक शिकारीहरुको प्रमुख गन्तव्यको रुपमा प्रसिद्ध छ ।
प्रतिक्रिया दिनुहोस्