१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शुक्रबारदेखि उपत्यकामा ‘जोर बिजोर’ प्रणाली हट्दै


0
Shares

काठमाडौं, पुस २ । काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले यातायातका साधन संचालनमा लागू गरिएको जोर विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

प्रशासन, सुरक्षा निकाय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच बिहीबार भएको छलफलपछि जिल्ला प्रशासन जोर विजोर प्रणाली हटाउने निर्णयमा पुगेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनले लामो समयदेखि यातायातका साधन संचालनमा जोर विजोर प्रणाली लागू गर्दै आएको छ ।

यातायात व्यावसायी र मजदुरहरुले जोर विजोर प्रणाली हटाउन माग गर्दै आएका थिए भने उनीहरुले शुक्रबारदेखि सरकारी बन्देज उल्लंघन गर्ने निर्णय गरेका थिए ।