१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रामग्राम नगरपालिकाले हाट बजारबाट अबैध रकम असुल्दै


0
Shares

नवलपरासी, पुस २ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले लगाउँदै आएको साप्ताहिक हाट बजारबाट अवैध रुपमा रकम असुली गर्ने गरेको पाइएको छ ।

कोरोना (कोभिड–१९) का कारण केही महिना बन्द रहेको साप्ताहिक हाटबजार विगत ३ महिनादेखि सुचारु भएको हो ।

नगर क्षेत्र अन्तरर्गत परासी सदरमुकाममा हप्तामा २ पटक शनिबार र बुधबार साप्ताहिक हाट बजार लाग्दै आएको छ ।

हाटबजारको साउनदेखि ठेक्का लाग्न सकेको छैन ।

ठेक्का नलगाएको बजारमा स्थानीय ५/६ जना युवाहरुको समूहले खुलेआम ठेक्का बापतको कर (बैठकी कर) भन्दै अवैध रुपमा रकम असुली गर्नेको पाइएको हो ।

यसबारे नगरपालिकामा पुगेर जानकारी गराएपनि वास्ता नगरेको व्यवसायीहरुको गुनासो छ ।

व्यवसायीहरुले केही जनप्रतिनिधिहरुकै संरक्षणमा रकम असुल्ने गरेको आरोप लगाएका छन् ।

अवैध असुली बारे रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले स्वीकार गरेका छन् ।

अवैध असुलीमा केही व्यक्ति र समूहकै संलग्नता रहेको आशंका भएकाले प्रशासनको सहयोगमा अनुगमन गरी कारबाही प्रकृया अघि बढाउने पन्थीको भनाई छ ।

रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थी रसिद नै नदिई पसलको प्रकृतिअनुसार ३० रुपैयाँ देखि १ हजारसम्म रकम असुल्ने गरिएको पाइएको हो ।

३ महिनामा कम्तीमा ६ देखि ७ लाख रुपैयाँ असुल गरेको अनुमान व्यवसायीहरुको छ ।

एक पटकमा हाटबजारबाट कम्तिमा ३० देखि ४० हजारसम्म उठ्ने गरेको छ ।

यसवर्ष (आ.व.२०७७ /०७८) दुई वटा हाट बजारका लागि १५ लाख ३३ हजारका दरले कुल ३० लाख ६६ हजारमा ठेक्का आव्हान गरिएको नगरपालिकाले जनाएको छ ।