
चितवन, पुस २ । नारायणगढ मुग्लिन सडक विस्तार गरिए पनि त्यस सडकखण्डमा जीर्ण अवस्थामा रहेका पुलहरु विस्थापित गर्ने कामको गति निकै सुस्त देखिएको छ ।
चैतमा डेढ अर्ब रुपैयाँमा १५ वटा पुल निर्माणको जिम्मा लिएको अनुप कन्स्ट्रक्सनले अहिलेसम्म दुई वटा पुलको मात्रै जग हालेको छ ।
सो सडक आयोजनाकी ईञ्जिनियर सविना रानाभाटले अबको ३३ महिना भित्र पुलहरुको निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने बताउनुभयो ।
मुग्लिन नारायणगढ सडक खण्डमा जम्मा १९ वटा पुल रहेकोमा तीन वटा पुल सडक विस्तारका क्रममै बनाइएको थियो भने १५ वटा पुल जीर्ण अवस्थामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्