१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पीसीआर नेगेटिभ भएका व्यक्तिमा कोभिड निमोनिया


0
Shares

प्रज्ञा तिमल्सीना (इमेज)
काठमाडौं, पुस २ । पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएका धेरै व्यक्तिमा हाल कोभिड निमोनियाको समस्या देखिन थालेको छ ।

श्वाब प्रश्वासको समस्या भई कोरोना परीक्षण गराउन आउने व्यक्तिमा पीसीआर र एन्डिजेन नेगेभिट आए पनि निमोनियाको समस्या देखिन थालेको हो ।

जसका कारण उनीहरुको उपचार कसरी गर्ने भन्नेमा समस्या भएको चिकित्सकहरुको भनाइ छ ।

कोरोना संक्रमित श्रीमानको हेरचाहमा खटिएकी एकजना ५० वर्षिय महिलामा निमोनियाको समस्या देखियो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल भर्ना भएकी उनको पीसीआर र एन्टिजेन परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो ।

तर एन्टिवडी टेष्ट भने पोजेटिभ आयो ।

एन्टिवडी पोजिटिभ आउनु भनेको शरीरमा कोरोना संक्रमण भइसकेको भन्ने हो ।

पीसीआर र एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ तर एन्टिबडी पोजिटिभ भएको विरामीलाई कसरी कोभिड अपस्पतालमा उपचार गर्ने भन्ने निर्णय लिन नै समस्या परेको अस्पतालका चिकित्सक डा.अनुप बास्तोलाले बताउनुभयो ।

पीसीआर र एन्डिजेन परीक्षण नेगेटिभ देखिए पनि एक्सरेमा कोभिड निमोनिया देखिएका कारण ती महिलालाई आईसीयूमा राखेर उपचार गरियो ।

आईसियूमा र कोभिड वार्डमा उपचार गरेको १५ दिन पछि मात्र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

कोरोना परीक्षण नेगेटिभ आए पछि कोभिड नै होईन भनेर निमोनिया भइसकेका बिरामी उपचारबाट बञ्चित हुने अवस्था आउन सक्ने डा. बास्तोला बताउनुहुन्छ ।

कोरोनाको लक्षण भएका तर अस्पताल ढिलो पुग्ने बिरामीलाई पीसीआर नेगेटिभ देखिए पनि निमोनियाको समस्या देखिएको हुन सक्ने भन्दै डा बास्तोलाले आफुमा देखिएको लक्षणको विशेष ख्याल राख्न आग्रह गर्नुहुन्छ ।

परीक्षण नगराउने र लक्षण देखिएको धेरै दिन पछिमात्र अस्पताल आउने हुदा उपचारमा समस्या आउन सक्ने उहांको भनाइ छ ।

कोभिडका कारण हुने निमोनियाका कारण अक्सिजनको मात्रा कम भएर जाने अनि ज्वरो आउने , खोकी लामो समयसम्म लागिरहने जस्ता समस्या देखिन्छ ।

विशेष गरि दीर्घ रोगीहरुमा कोभिड निमोनियाको समस्या देखिने गरेको छ ।

लक्षण देखिए पनि कोरोना परीक्षण नगराउंदा समस्या झन बढ्दो छ ।

यसैले यसतर्फ सबैले बेलैमा ध्यान दिनु जरुरी छ ।

भिडियो हेर्नुहोस्