
जनकपुर, पुस २ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ ।
त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत बिहीबार तिलकोत्सव विधि मनाइएको हो ।
राममन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव पुगेका थिए ।
महन्थ रामतपेश्वर दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै सम्धी मिलन गरेका थिए ।
दुई महन्थ अंकमाल गर्ने कार्यलाई मिथिलामा सम्धी मिलन भन्ने गरिन्छ ।
तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास्य सपरिहास समेत भन्ने परम्परा रहिआएको छ ।
विवाहपञ्चमीको पाँचौ दिन शुक्रवार जानकीको मटकोर हुनेछ भने शनिबार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम गरिंदैछ ।
प्रतिक्रिया दिनुहोस्