६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


इंग्लीश प्रिमियर लिग फुटबलमा म्याचेस्टर युनाईटेडद्धारा शेफिल्ड युनाईटेड पराजित


0
Shares

काठमाडौं, पुस ३ । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले शेफिल्ड युनाईटेडलाई ३-२ ले हराएको छ ।

शेफिल्डको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई गोल गरेभने एन्टोनियो मार्टियलले एक गोल गरे ।

पराजित टोली शेफिल्डका लागि डेभिड म्याक्गोल्डरिकले दुई गोल गरेका थिए ।

जितसँगै म्यान्चेस्टर युनाईटेड १२ खेलबाट २३ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

एक खेल बढी खेलेको लिभरपुल २८ अंकसहित शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको टोटनह्याम हट्सपरको २५ अंक छ ।

प्रिमियर लिग फुटबलमा गएराति बर्नले र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन् । (एजेन्सी)