१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सन्तोष साहले सकेनन् मास्टर सेफको उपाधि जित्न, नेपाली खाना पस्किन पाएकोमा खुशी


0
Shares

santosh sah mastef chef uk

काठमाडौं, पुष ३ । नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ यूकेको उपाधि जित्न सक्नु भएन । उत्कृष्ट तीनमै सीमित साहले यसैलाई पनि निकै ठूलो उपलब्धि मान्नुभएको छ ।

अन्तिमसम्मको यात्रा तय गरेर नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्वसामु पस्किन पाएकोमा उहाँ खुशी हुनुहुन्छ ।

प्रतियोगिताको प्रत्येक चरणमा नेपाली परिकार पस्किएर निर्णायकको मन जित्नुभएका साहले फाइनलमा आफूले सोचे जस्तो गर्न नसकेको बताउनुभयो ।

बेलायतका २५ वर्षीय एलेक्स वेबले उपाधि जित्नुभयो ।

बिहीबार राति बीबीसी वान टेलिभिजनमा प्रशारित फाइनल प्रतियोगितामा सन्तोष र ३३ वर्षका बार्ट भान डेर लीलाई पछि पारेर एलेक्सले उपाधि जित्नुभएको हो ।

३५ वर्षीय नेपाली सेफ साह सिराहाको कर्जन्हाका बासिन्दा हुन् ।

साहले ट्रफी हात लगाउनु मात्र जित होइन भन्दै आफूले निर्णायक र नेपालीको मन जितिसकेको प्रतिक्रिया दिनुभएको छ ।