
फाइल फाेटाे
काठमाडौँ, पुस ३ । उखु किसानले भुक्तानी दिन बाँकी राखेको श्रीराम सुगर मिलले शुक्रवारदेखि भुक्तानी दिने बताएको छ ।
उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गर्दै सबै भुक्तानी पुष ८ भित्र गरिसक्ने जनाएको छ ।
गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको मिलले जनाएको हो ।
सबै भुक्तानी यही पुष ८ गतेभित्र गरिसक्ने बाचा उद्योगको छ ।
उद्योग मालिकले आफ्नो उखुको करोडौं बाँकी वक्यौंता नतिरेको र उठाइपाउ भन्दै उखु किसान काठमाडौंमा साता दिनदेखि आन्दोलनरत छन् । रासस
प्रतिक्रिया दिनुहोस्