
सिन्धुली, पुस ३ । वर्षेनी अनिकाल भोग्दै आएको सिन्धुलीको कमलामाई नगरपालिकामा सिँचाइ नहरको निर्माण हुने भएको छ ।
कमलामाई नगरपालिकाको बेलाहा सरकारी टोलमा व्यवस्थित सिँचाइ नहरको निर्माण हुने भएपछि यहाँका कृषक हर्षित भएका छन् ।
वागमती प्रदेश सरकारको करिव एक करोड ७२ लाखको लागतमा ३ किलोमीटर दूरीमा सिँचाइ नहर निर्माण हुन लागेको हो ।
सिन्धुलीको सिँचाइ विकास डिभिजन कार्यालयद्वारा निर्माण हुने नहर एक वर्षभित्र सम्पन्न गराउने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्