
काठमाडौं, पुस ३ । पैँचो ल्याउने मौखिक सहमति गरेको ४ महिना पछि नेपालले बङ्गलादेशबाट ५० हजार टन युरिया मल ल्याउन खरिद सम्झौता भएको छ ।
नेपाल र बङ्गलादेशबीच (जीटुजी) मार्फत मल खरिदका लागि सम्झौता भएको हो ।
गएको भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका समकक्षीसँग टेलिफान वार्ता गरी रासायनिक मल पैँचो माग्नु भएको थियो ।
तर बङ्गलादेश सरकारले सुरुवाती चरणमा मल पैँचो दिने बताए पनि पछि खरिद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो ।
सोही प्रस्ताव अनुसार नेपालले मल ल्याउन लागेको हो ।
कृृषि सामग्री कम्पनी लिमिटेड र बङ्गलादेश केमिकल इण्डस्ट्रिज कर्पोरेशन (सीसीआईसी) बीच मल खरिद–बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
यो हस्ताक्षरपछि तीन महिनाभित्र बङ्गलादेशले नेपालमा रासायनिक मल निर्यात गरिसक्नुपर्नेछ ।
सम्झौता भएको ५० हजार टन युरिया मल चार चरणमा नेपाल आउने कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्