१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आफ्नै भवन निर्माण


0
Shares

खोटाङ, पुस ३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै कार्यालय भवन निर्माण गरेको छ ।

गाउँपालिकाको नगद र संघीय मामिला मन्त्रालयबाट विनियोजित रकममा एउटा सभाकक्षसहित १९ कोठाको भवन निर्माण गरेको हो ।

संघीय सांसद विशाल भट्टराईले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।

नगरपालिकाको आफ्नै भवन नहुँदा वार्षिक करिब १७ लाख रुपैयाँ भाडा तिरेर सेवा सञ्चालन गर्दै आएको थियो ।

भ्याट्सहित ८९ लाख ६३ हजार रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरेको नगरप्रमुख दिपनायण रिजालले जानकारी दिनुभयो ।