२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कालीगण्डकी किनारमा महिलाको शव फेला


0
Shares

बलेवा, पुस ३ । कालीगण्डकी नदीको किनारमा शुक्रबार बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

नदी छेउमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीचौकी कुश्मीशेराबाट घटनास्थल पुगेका टोलीले शव उठाएको छ ।

शवको पहिचान र परीक्षणको काम भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

शवको पहिचानका लागि प्रहरीले हुलियासहितको तस्वीर माताहतका एकाइमा पठाएको छ ।

कहीँकतैबाट हराएको वा खबर नआएकाले तत्काल शवको पहिचान गर्न कठिन भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताउनुभयो । रासस