२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बाजुरामा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु


0
Shares

मार्तडी, पुस ३ । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वषीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिनुभयो ।

आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उहाँको भनाइ थियो ।