१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभामुख सापकोटामाथि युद्धकालीन आपराधिक मुद्दाको तरबार लट्कियो, सर्वोच्चले तोक्यो पेशी


0
Shares

agni sapkota answer to pm

काठमाडौं, पुष ३ । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा पेशीमा चढाएको छ ।

सापकोटाविरुद्ध व्यक्ति हत्याको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलाशमा तोकिएको हो ।

यसअघि ३० फागुन २०७६ मा पेशीमा चढाइएको यो मुद्दाको हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न रहेको भन्दै पत्नी पूर्णिमाया लामाले ७ मंसिर २०६९ मा मुद्दा हाल्नुभएको थियो ।

यो मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षित, सुशील प्याकुरेललगायतले अदालतको अवहेलना मुद्दा समेत हाल्नुभएको थियो ।

सापकोटालाई सभामुख बनाउने समयमा पनि व्यक्तिहत्याको अरोप खेपिरहेका व्यक्तिलाई व्यवस्थापिकाको प्रमुख बनाउन नहुने भन्दै मानवअधिकारवादीहरुले विरोध गरेका थिए ।