
फाइल तस्वीर ।
काठमाडौं, पुष ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश फिर्ता लिन र संसदको बैठक बोलाउन माग गरेको हो ।
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भन्नुभयो, ‘यो अध्यादेश संविधानको भावना र मर्म विपरीत छ । यो तत्काल सरकारले फिर्ता लेओस् ।’
सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न सरकारलाई सचेत गराउँदै कांग्रेसले कोरोनाको महामारी व्यवस्थापन गर्न पनि सरकार विफल भएको जनाएको छ ।
आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन नै यो अध्यादेश ल्याएको खाँडले दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्