
काठमाडौं, पुस ३ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ ।
दुबै नेताले पौडेलसँगको भेटमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच साँठगाँठ रहेको हुनसक्ने भन्दै देउवालाई नियन्त्रण गर्न आग्रह गर्नुभएको छ ।
दाहाल र नेपालले बोलाएपछि शुक्रबार साँझ पौडेल भेट्न जानुभएको हो । उहाँहरुबीच प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमबारे छलफल भएको जनाइएको छ ।
दाहाल र नेपालले पौडेलसँग करिब एक घण्टा कुराकानी गर्दा ओलीले चाल्ने कदममा देउवाको साथ रहन सक्ने भएकाले सतर्क रहन पौडेललाई आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच विभिन्न पदमा भागबन्डा हुन सक्ने र संवैधानिक परिषद बैठक बस्न सक्नेमा दाहाल र नेपाल सशंकित देखिनुभएको थियो ।
दाहाल र नेपालले ओलीले के गर्छन् भनेर अहिले भन्न नसकिने भन्दै पार्टीको निर्देशन नै पनि पालना नगरेको बताउनुभएको थियो ।
आजै दाहाल र नेपालले कोटेश्वरमा आफूनिकट नेता–कार्यकर्तसँग छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्