१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटन असंवैधानिकः नेकपा प्रवक्ता श्रेष्ठ


0
Shares

काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न गरेको सिफारिशलाई असंवैधानिक भन्नुभएको छ ।

प्रवक्ता श्रेष्ठले मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्री उपस्थित नै नहुँदै प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जाने भनेर घोषणा गर्नु गैर अलोकतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय भएको टिप्पणी गर्नुभयो ।

श्रेष्ठले मन्त्रिपरिषदका सबै सदस्यसमेत उपस्थित नभई प्रधानमन्त्री ओलीले गरेको यो निर्णय ‘अविवेकी हो, यो लागू हुन सक्दैन’ भन्नुभयो ।

यसअघि आजै विहान प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाउनुभएको थियो ।

संसद विघटनअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीसँग समेत भेटवार्ता गर्नुभएको थियो ।

एक वर्षयता नेकपामा सत्ता राजनीतिको किचलो चरमस्तरमा पुगेको थियो । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीदेखि संसदीय दलमासमेत आफ्नो पकड गुमने भएपछि ओलीले संसद नै विघटन गरिदिनुभएको हो ।