
काठमाडौं, पुष ५ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयले सत्तारुढ नेकपामा भूकम्प गएको छ । नेकपाका सबैजसो नेताले ओलीको कदमको तीब्र विरोध गरेका छन् ।
यर्सक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको सिफारिशलाई असंवैधानिक भन्दै प्रधानमन्त्रीले निर्णय फिर्ता लिनुपर्ने टिप्पणी गर्नुभयो ।
संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिश गरेर ओलीले कलंकको टिका लगाएको भन्दै नेता नेपालले यो संविधानको भावना विपरितको असंवैधानिक कदम हो, भन्नुभयो ।
यस कदमको देशव्यापी रुपमा निन्दा र भर्त्सना गरिने भन्दै उहाँले पार्टी, र लोकतन्त्रकै लागि दुर्भाग्पूर्ण भएको टिप्पणी गर्नुभयो ।
संसद विघटन गरेर लोकतन्त्र र गणतन्त्रमाथि खतरा निम्त्याएको आरोप पनि नेता नेपालको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्