
काठमाडौं, पुष ५ । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताउनुभएको छ ।
संसद विघटन जालझेल र राष्ट्रपतिको दुरुपयोगबाट गरिएको आरोप पनि उहाँले लगाउनुभएको छ । उहाँले नेकपालाई जनताले दिएको मतको वैधता पनि सकिएको टिप्पणी गर्नुभएको छ ।
संविधानले संसद ५ वर्षसम्म रहन्छ भन्ने परिकल्पना गरेको भन्दै थापाले भन्नुभएको छ, ‘जुन तरिकाले संसद विघटन सिफारिश भएको छ, जालझेल, राष्ट्रपतिको दुरुपयोग भएको छ । संविधान बनाउँदै गर्दा यस्ता जालझेल रोकिन्छ र संसद विघटन गर्न दिइन्नँ भनेर बनाएको हो । त्यसैले यो प्रथम दृष्टिकै संविधानसम्मत छैन ।’
प्रधानमन्त्री ओलीले गरेको सिफारिशको परीक्षण भने अदालतबाट गर्नुपर्ने थापाले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्