
Picture: web
काठमाडौं, पुष ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई असंवैधानिक कदमको संज्ञा दिनुभएको छ ।
सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेपनि उहाँले बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीको कदमलाई सभापति देउवाले अधिनायकवादउन्मुख कदम भन्दै टिप्पणी पनि गर्नुभएको छ ।
सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमा भन्नुभएको छ, ‘अधिनायकवाद उन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ, संविधान विपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न । यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।’
प्रतिक्रिया दिनुहोस्