
काठमाडौं, पुष ५ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगरलाई सिफारिश गरिएको छ ।
विपक्षी दलको नेता र सभामुखको बहिष्कारबीच नै मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले अध्यक्षमा मगरलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
परिषदका अध्यक्ष एवं प्रधानमन्त्री ओलीका अतिरिक्त राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा दुई जना बसेर सिफारिश गरिएका सदस्यहरुमा मनोज दवाडी, डा. सूर्य ढुङ्गेल, लिली बस्नेत थापा र मिन ठाकुर हुनुहुन्छ ।
सिफारिश गरिएका व्यक्तिहरुको संसदीय सुनुवाई गरिनुपर्ने भएपनि प्रधानमन्त्री ओलीले संसद नै विघटन गरिदिनुभएकाले सबै जना सुनुवाई बिनै ४५ दिन पछि पदमा नियुक्त हुनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्