२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सभामुख सापकोटा आगामी कदमबारे विज्ञहरुसँग छलफलमा


0
Shares

काठमाडौं, पुस ५ । सरकारले संघीय संसद विघटन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले भावी कदमका विषयमा विज्ञहरुसँग छलफलमा जुट्नु भएको छ ।

सभामुख निकट स्रोतका अनुसार उहाँले संसदमा रहेका दलहरु, संविधानका विज्ञ र सांसदहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

संसदमा रहेका दलहरु र बहुमत सांसदहरु संविधानको धारा १०३ प्रयोग गरौं भन्ने प्रस्ताव गरे के गर्ने भनेर विज्ञहरुसँग छलफलमा हुनुहुन्छ ।

संविधानको धारा १०३ मा संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था छ ।

‘यस संविधानको अधिनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ ।

यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन’, संविधानको धारा १०३ को उपधारा २ मा भनिएको छ ।

सभामुखले संविधानमा उल्लेखित विशेषाधिकार प्रयोग गर्न सक्ने वा नसक्ने, कुन अवस्थामा सक्ने वा सभामुखले यो अधिकार प्रयोग गरेर अधिवेशन नै आह्वान गरेको अवस्थामा अदालतमा मुद्दा परे के हुन्छ ?

भन्ने जस्ता विषयलाई सभामुखले विशेष चासो राखेर संविधानविद, कानुनविदहरुसँग छलफल गरिरहनु भएको छ ।