
काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो कतिसम्म देखियो भने दुबैले एकाले अर्को पक्षलाई सिध्याउने रणनीति लिएको खुलेको छ ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गराउनुभयो भनेर आलोचना भइरहँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गराएको खुलेको हो ।
दाहाल–नेपाल पक्षीय सांसदले विहानै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओलीले पनि संसद भंग गर्नुभएको खुलेको हो ।
संसद् सचिवालय स्रोतका अनुसार बिहानै भीम रावल र पम्फा भुसाललगायतले अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो ।
उक्त प्रस्तावमा दाहाल र नेपाल पक्षका ९० भन्दा बढी सांसद रहेको दाबी गरिएको छ । अविश्वासको प्रस्ताव आइतबार साढे १० बजेपछि दर्ता गराइएको हो ।
आफ्नै सांसदले संसद्मा आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्