१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्री ओलीको विरोधमा चितवनमा प्रदर्शन


0
Shares

चितवन, पुस ५ । संसद विघटन प्रति आक्रोश व्यक्त गर्दै सरकार पक्षकै भ्रातृ संगठनहरुले चितवनमा आइतबार विरोध सभा गरेका छन् ।

चितवनको भरतपुरस्थित चौविस कोठीमा आकस्मिक रुपमा आयोजना गरिएको उक्त विरोध सभामा केपी ओलीकै कार्यकर्ताले उहाँविरुद्ध चर्को नारावाजी गरेको थिए ।

नेकपा सम्वद्ध जनवर्गीय संगठनहरुद्धारा गरिएको उक्त सभामा गणतान्त्रीक शक्तिहरु एक हौँ, पार्टी एकता जिन्दाबाद, पार्टी फोड्न पाइदैन, एक पक्षिय असंवैधानिक कदम खारेज गर जस्ता नाराहरु लगाएका थिए ।

युवासंघ चितवनका जिल्ला अध्यक्ष मधु न्यौपानेले कार्यक्रमलाई सम्वोधन गर्दै आगामी दिनमा जुनसुकै कदम पनि उठाउन आफूहरु तयार रहेको बताउनुभयो ।