१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाहाल–नेपाल पक्षीय सात मन्त्रीले दिए सामूहिक राजीनामा


0
Shares

NCP minister resignation

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीको मन्त्रिमण्डलमा रहेका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षधर सात मन्त्रीले पत्रकार सम्मेलन गरेरै सामूहिक राजीनामा दिएका हुन् ।

सातै जना मन्त्रीले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री बिना मगर र श्रममन्त्री रामेश्वर राय यादव हुनुहुन्छ ।