
वीरगञ्ज, पुस ५ । संसद विघटनको बिरोधमा आइतबार वीरगञ्जमा पनि प्रदर्शन भएको छ ।
सत्तारुढ दल नेकपा पर्साका नेता तथा कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघरमा संसद विघटनको विरुद्धमा प्रदर्शन गरेका हुन ।
उनीहरुले संसद विघटनको निर्णय तत्काल फिर्ता लिन मांग गरेका छन् । प्रदर्शनकारीहरुले टायर बाल्न खोज्दा प्रहरीले हस्क्षेप गरेको थियो ।
सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर सामान्य झडप भई तनाव समेत सृजना भएको थियो ।
सोही क्रममा प्रहरीले नेकपा पर्साका युवा नेता मनोज चौधरीलाई केही बेर नियन्त्रणमा समेत लिएको थियो ।
संसद विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको प्रदर्शनकारीमा सहभागीहरुले बताएका छन् ।
विरोध प्रदर्शनमा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, प्रदेश सदस्य छोटेलाल यादव, बालगोपाल थापा, पर्सा जिल्ला सचिव बिजय महतो, युवा नेता मनोज चौधरी, अरुण यादव लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्