
काठमाडौं, पुस ५ । उखु किसानको आन्दोलनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ऐक्यवद्धता जनाएको छ ।
नेमकिपाका सांसद प्रेम सुवालले आइतबार माइतीघर मण्डलामा पुगेर उखु किसानको आन्दोलनप्रति एक्यवद्धता जनाउनु भएको हो ।
सर्लाहीबाट काठमाडौं आएका किसानहरु एकसाता याता माइतीघर मण्डलामा उद्योगीहरुबाट पाउनुपर्ने भुक्तानी दिलाईदिन माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनलाई समर्थन गर्न पुग्नु भएका सांसद सुवालले उखु किसानलाई तत्काल भुक्तानी दिलाईदिने काम सरकारले गर्नुपर्ने बताउनभुभयो ।
बर्षौंदेखि देखिदै आएको भुक्तानी नहुने समस्याको दिर्घकालिन समाधान गर्नुपर्ने पनि नेता सुवालले बताउनुभयो ।
किसानहरु गत वर्ष पुस १८ गते भएको सम्झौता बमोजिम भुक्तानी दिलाईदिन माग गर्दै आन्दोलनमा बसेका हुन् ।
गतवर्ष पुस १८ गते सरकार, उद्योगी र उखु किसानबीच भएको सम्झौता अनुसार गत वर्षकै माघ ७ गते भित्र भुक्तानी दिने उल्लेख छ ।
तर चिनी मिल सञ्चालकहरुले एक वर्ष सम्म पनि भुक्तानी नदिएपछि किसानहरु काठमाडौं आई आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्