१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एन्टिजेन परीक्षण गर्दा नेगेटिभ नतिजा आएका व्यक्तिको पूनः पीसीआर गर्न सबै अस्पताललाई निर्देशन


13
Shares

काठमाडौं, पुस ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने एन्टिजेन परीक्षण गर्दा नेगेटिभ नतिजा आएका व्यक्तिको पूनः पीसीआर परीक्षण गराउन सबै अस्पताल र प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षणमा पोजिटिभ आएका व्यक्तिको भने पीसीआर परीक्षण गर्नु नपर्ने बताउनुभयो ।

मन्त्रालयले कोरोना भाईरस भए नभएको पत्ता लगाउन ठुलो संख्या वा समुदाय,सुरक्षाकर्मी ,कैदी वन्दीलाई केन्द्रित गरी एन्टिजेन परीक्षण गराउन समेत सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

हाल संक्रमण समुदायमा कसरी फैलिएको छ भन्ने पत्ता लगाउन सरकारले एन्टिजेन परीक्षण सुरु गरेको छ ।

यो रगतबाट ल्याव वेस भएर गरिने परीक्षण हो ।