१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय गैह्र संवैधानिक : गौतम


0
Shares

काठमाडौं, पुस ५ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय गैह्र संवैधानिक भएको बताउनुभएको छ ।

गौतमले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गराउने गैह्र संवैधानिक कदम गलत र भत्सर्ना योग्य रहेको उल्लेख गर्नुभएको हो ।

विज्ञप्तिमा गत आम निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावनाविपरित प्रतिनिधी सभा गर्न राष्ट्रपतिबाट जारी गराउने गैह्र संवैधानिक कदम गलत र भत्सर्ना योग्य भएको उल्लेख छ ।