१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सम्पूर्ण रुपमा निर्वाचनमा जुट्न निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीको निर्देशन


0
Shares

pm oli with election commission

काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी ओलीले सम्पूर्ण रुपमा निर्वाचनमा जुट्न निर्वाचन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

संसद भंग गरेर नयाँ निर्वाचन गराउने निर्णय लिनुभएका प्रधानमन्त्री ओलीले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग कुनै शंका नगरी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभएको हो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र चाहनेले निर्वाचनको विरोध नगर्ने भन्दै सरकारको सम्पूर्ण ध्यान निर्वाचन गराउनेमा केन्द्रित हुने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आवश्यक पैसा, सुरक्षालगायत सबै विषयको व्यवस्था सरकारले मिलाउने आश्वासन पनि दिनुभएको थियो ।

आयोगका पदाधिकारीले भने निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा, कर्मचारीलगायत पक्षको आवश्यकता पर्ने बताउनुभएको थियो ।

आयोग पदाधिकारीले भने निर्वाचन एकै चरणमा गर्नुपर्ने सुझाव दिएका थिए । सरकारले भने २०७८ सालको बैशाख १७ र २७ गते निर्वाचन गर्ने गरी घोषणा गरेको छ ।