१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संसद विघटनविरुद्ध संयुक्त प्रतिवाद गर्ने नेकपासहित तीन दलको निर्णय, कांग्रेसले बोलायो सर्वदलीय बैठक


0
Shares

congress parliamentarian office

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

नेकपाका वरिष्ठ नेता माधव नेपालसमेतको पहलमा कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको तीन दलका नेताहरुको बैठकले ओलीले गराएको संसद विघटन नमान्ने निर्णय गरेको हो ।

बैठकमा नेकपाका वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ तथा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल हुनुहुन्थ्यो ।

यसैगरी, जनता समाजवादी पार्टीका तर्फबाट डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागि भएको बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष पनि निकालेको छ ।

सोमबार कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । उक्त बैठकमा थप छलफल हुने जनाइएको छ ।