१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर


0
Shares

अक्कल कुँवर (इमेज)
काठमाडौं, पुस ५ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक , निरंकुश र जनादेश विरुद्ध भएको ठहर गरेको छ ।

पार्टी अध्यक्ष समेत रहेका ओलीले पार्टी निर्णय र संविधान विपरित संसद विघटन गरेर अनुशासन उल्लङद्धन गरेको ठहर गर्दै अनुशासनको कारवाहीको लागि केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

बैठकले पुस १० गते पूर्वनिर्धारित केन्द्रीय समिति बैठकलाई पुस ७ गते सारिएको छ ।

बैठकले राष्ट्रपतिको कदमको नै भ्रत्सना गरेको छ ।

संसद विघटन गर्ने कदमविरुद्ध कानुनी उपचार खोज्ने र राजनीतिक प्रतिरोध गर्ने बैठकले निर्णय गरेको छ ।

अध्यक्ष ओली अनुपस्थित स्थायी कमिटी बैठकले गैरसंवैधानिक कदमबिरुद्ध अन्य दलहरुसंग सहकार्य गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउन केन्द्रीय कमिटीमा प्रस्ताव लिने निर्णय गरेको छ ।

भिडियो हेर्नुहोस्