१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बादल संकटमा: समूहका सबैले भने ‘संसद विघटन प्रतिगामी हो’ साथ दिन सक्दैनौं


0
Shares

ram bahadur thapa

काठमाडौं, पुष ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा राजनीतिक संकटमा पर्नुभएको छ ।

पार्टीभित्रको राजनीतिक झगडामा प्रधानमन्त्री केपी ओलीतर्फ देखिनुभएका उहाँलाई उहाँकै समूहका अरु नेताले भने साथ नदिने भएपछि उहाँ संकटमा पर्नुभएको हो ।

संसद विघटनमा प्रधानमन्त्री ओलीतर्फ लाग्नुभएका थापालाई उहाँ पक्षीय अरु नेताले संसद विघटन प्रतिगामी कदम भएकाले साथ दिन नसकिने प्रष्ट गरेका छन् ।

सोमबार आफू निकट नेतासँग गरेका छलफलमा पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेताले संसद विघटन प्रतिगामी भएकाले साथ दिन नसकिने प्रष्ट गर्नुभएको हो ।

माओवादीकालदेखि नै साथ दिएका नेताहरुले संसद विघटनमा समर्थन गर्न नसकिने जवाफ दिएपछि थापा ओलीले बोलाएको सांसदहरुको भेला पनि जानुभएको छैन ।